
काठमाडौं । वर्तमान नेपालको फुटबल अवस्थाबारे नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण गराएको छ । खेलाडी संघका तर्फबाट बिशाल श्रेष्ठ, बिकेश कुथु र बिक्रम लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग भेटघाट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
खेलाडी संघले पहिलो बुँदामा हाल विवादित बन्न पुगेको यु–१६ लिगबारे चर्चा गरेको छ । बढी उमेरका खेलाडी खेलाएको भन्दै एनआरटीलाई एन्फाले कारवाही गरेपछि केही अन्य क्लबहरुले पनि यु–१६ लिग वहिष्कार गरेका थिए । १४ मध्ये १० क्लबहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउँदा थोरै युवा खेलाडीहरुले मात्र अवसर पाएको संघको ठम्यााई छ ।
त्यस्तै अध्ययन छाडेर यु–१६ लिग खेल्न कै लागि जिल्लाबाहिरबाट आएका बाल खेलाडीहरुाई अहिले प्रतियोगिता विवादित बन्दा मानसिक असर परेको समेत खेलाडी संघले चर्चा गरेको छ ।
पटक–पटक मिति तोकेर पनि बी र सी डिभिजन लिग सञ्चालन नहुँदा धेरै खेलाडीहरुको भविष्य अन्यौल बनेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बी र सी डिभिजन लिग पनि शिर्ष लिग जत्तिकै महत्वपूर्ण रहेकोले यसबारे पनि छिटै निर्णय गर्न खेलाडी संघले एन्फालाई आग्रह गरेको छ ।
त्यसैगरी अहिले घरेलु फुटबलमा महिला लिग पनि अपरिहार्य रहेको भन्दै जति सक्दो छिटो महिला लिग र अन्य महिला फुटबल प्रतियोगिताहरुलाई पनि निरन्तरता दिन खेलाडी संघले एन्फासमक्ष माग गरेको छ । साथै हाल नेपाली फुटबलमा देखिएका विविध समस्याहरु छिटै समाधान गर्न एन्फालाई खेलाडी संघले अनुरोध समेत गरेको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्रः
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न