
काठमाडौं । नेपालको चर्चित क्लब थ्रीस्टार फुटबल क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट राजिनामा दिएका छन् ।
हालै मात्र एन्फाको अपिल कमिटीले थ्रीस्टार क्लबलाई बी डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरुप जोशीले आफ्नो पदबाट राजिनामा दिएका हुन् । जोशीले एन्फा अध्यक्षलाई सम्वोधन गरी लेखेको पत्रमा उनले राजिनामा दिएको उल्लेख गरेका छन् ।
क्लबमाथि एन्फाले गरेको अन्याय र पछिल्लो निर्णयले गर्दा पनि आफूलाई सहायक महासचिव पदमा रहिरहन नैतिकताले नदिने जिकिर गरेका छन् । त्यसबाहेक उनले पत्रमा एन्फा कै लापरवाहीका कारण थ्रीस्टार क्लबले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको जिकिर समेत गरेका छन् ।
यद्यपि उनले एन्फामा सहायक महासचिवको पदमा रहेर आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गरेको चर्चा पनि गरेका छन् । तर, अब त्यो जिम्मेवारीमा नैतिकताले पनि आफूलाई बस्न उचित नठानेको जोशीको बुझाई छ ।
स्मरण रहोस, केही दिन अघि मात्रै एन्फाले दुई वर्ष अघिको ए डिभिजन लिगमा थ्रीस्टारले जावलाखेल विरुद्ध विधान विपरित विदेशी खेलाडीलाई खेलाएको विषयमा दोषी ठहर गर्दै क्लबलाई बी डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस्ः
थ्रीस्टार बी डिभिजनमा घटुवा
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण