
हेटौडा । दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्ँतर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियागिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिप्ले क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने एपिएपले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा एपिएफका गोलरक्षक राजु नगरकोटी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ५ गतेको तेस्रो क्वाटरफाइनल खेल घरेलु टोली रिगल रिसोर्ट हेटौडा मकवानपुर–११ र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।