
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यु–२० रष्ट्रिय महिला फुटबल टोली तयार पार्न खुला छनौट गर्ने भएको छ । त्यसका एन्फाले आफू मातहतका ४८ जिल्ला फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ ।
छनौट कार्यक्रममा सहभागि हुन चाहने इच्छुक खेलाडीहरुले सम्बन्धित जिल्लाको फुटबल प्रशिक्षकहरुसँग सम्पर्क गरी थप जानकारी लिन सकिने एन्फाले जनाएको छ । साथै छनौट कार्यक्रममा सहभागिता जनाउन चाहने खेलाडीहरुको जन्ममिति २०६० पौष १७ गतेपछि (सन् २००४ जनवरी १ पछिको मात्र) हुनुपर्ने एन्फाले पत्रमा उल्लेख गरेको छ ।
साथै छनौट कार्यक्रम यहि पौष १० गते बिहान ८ बजेदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पनि एन्फाले जनाएको छ । छनौट कार्यक्रममा सहभागि हुँदा सक्कल नागरिकता वा पासपोर्ट अनिवार्य हुनुपर्ने पनि एन्फाले पत्रमा उल्लेख गरेको छ ।
स्मरण रहोस, बंगलादेशको राजधानी ढाकामा आउँदो सन् २०२३ फेब्रुरी ३ देखि ९ तारीखसम्म साफ यु–२० महिला च्याम्पियनसिपको आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक बंगलादेश, भारत, भुटान र नेपाल गरी दक्षिण एसियाका कुल ४ टोलीहरुले सहभागिता जनाउने छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न