
हेटौडा । नेपाल पुलिस स्कुल साँगाको आयोजनामा मंसिर २१ गते देखि सुरु भएको २८ औ अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफिमा नेपाल पुलिस स्कुल टिम बि, नेपाल पुलिस स्कुल धरान, ल्यावरोटरी स्कुल र लिटिल एन्जल्स स्कुलले सेमिफाइनलमा प्रबेश गरेको छ । शुक्रबार र शनिबार सम्पन्न क्वाटरफाइनल म्याच जित्दै सेमिफाइनल प्रवेश गर्न सफल भएका हुन् ।
शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनलमा लिटिल एन्जल्स स्कुलले आयोजक नेपाल पुलिस स्कुल टिम ए लाई ३–१ ले पराजित गरेको थियो । अर्को खेलमा नेपाल पुलिस स्कुल धरानले बेलर स्कुल बनेपालाई ८–० को पराकिलो अन्तरले पराजित गरेको थियो ।
शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल टिम बि ले काठमाडौं विश्वविद्याल हाई स्कुल चौकोटलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो । त्यसैगरि ल्याबरोटरी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो ।