News
सिर्जना युथलाई १६औं गोधुली कपको उपाधि
तामाफोक । यहाँ सम्पन्न प्रतिष्ठित १६औं गोधुली कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सिर्जना युथ क्लब, धरान, सुनसरीले जितेको छ । तुमोक खेलमैदानमा भएको उपाधि भिडन्तमा सिर्जनाले रियल लसुने एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको पेनाल्टी शुटआउटमा भने सिर्जनाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको सिर्जना युथले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता रियल लसुनेले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
मिरमिरले युथ क्लब, तामाफोक, संखुवासभाको आयोजनामा मंसिर २२ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर १ का कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- सेकाहा सामुदायिक क्लब बन्यो प्रथम संखुवासभा गोल्डकपको च्याम्पियन
- सेकाहा एफसी सङ्खुवासभा गोल्डकपको फाइनलमा प्रवेश
- प्लानिङ ब्लाइजलाई हराउँदै सुनसरीको न्यू स्टार क्लब सङ्खुवासभा गोल्डकपको फाइनलमा
- सङ्खुवासभा गोल्डकपमा लोहोरूङ एफ सी र सेकाहा एफसी सेमिफाइनलमा प्रवेश
- सङ्खुवासभा गोल्डकपमा न्यु स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश