News प्लानिङ ब्लाइजलाई हराउँदै सुनसरीको न्यू स्टार क्लब सङ्खुवासभा गोल्डकपको फाइनलमा
गोलनेपाल

खादबारी । सङ्खुवासभाको खादबारी नगरपालिका ३ मानेभन्ज्याङमा जारी सङ्खुवासभा गोल्डकपमा सुनसरीको न्यू स्टार क्लब फाइनल प्रवेश गरेका छन ।

बुधबार महेन्द्र मा.विको खेल मैदानमा सम्पन्न गोल्डकपको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड काठमान्डौलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै न्यू स्टार क्लब बराहक्षेत्र सुनसरी फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी पछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि चार चार गोलको बराबरी भएसँगै नतिजा सडन डेथ मार्फत निकालिएको हो ।

खेलको प्लेयर अफ दि म्याच न्यू स्टारका सन्जय श्रेष्ठ घोषित भए । उनले नगद पॉच हजार प्राप्त गरे ।

कार्तिक २० गते सम्म सन्चालन हुने गोल्डकपको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रूपैया प्राप्त गर्नेछ ।

सर्वोकृष्ट खेलाडीले १० हजार रूपैया र विधागत उत्कृष्ट खेलाडीहरूले जनही सात सात हजार रूपैया प्राप्त गर्ने गोल्डकपका संयोजक जिल्लामान राइले जानकारी दिए ।

Post Comments