News
पुलिस फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने
दमक । विभागीय टोली नेपाल पुलिस क्लब जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
दमक स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा पुलिसका लागि ५९औं मिनटमा म्यान अफ द म्याच समेत घोषित निर कुमार राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । पुलिसले अब उपाधिका लागि शुक्रबार मनाङ मस्र्याङ्दी क्लबसँग फाइनल खेल्नेछ ।
दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा