
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार पाउलो डिबालाकी आमा एलिसिया डि डिबाला नेपाल आइपुगेकी छिन् । उनी नेपालको अग्रणी शैक्षिक संस्था मध्ये एक स्वस्तीश्री गुरुकुल आईबी वल्र्ड स्कुलको विशेष निमन्त्रणामा नेपाल आइपुगेकी हुन् ।
किशुनजी पार्लियामेन्ट हलमा भएको एक कार्यक्रममा एलिसियालाई भव्य स्वागत गरिएको थियो । उनले कार्यक्रममा बोल्दै आफूले र आफ्नो छोरा (पाउलो) ले नेपाल र स्वस्तीश्री स्कुलबारे धेरै कुरा सुनेको चर्चा गरिन् । साथै उनले निकट भविष्य मै आफू पाउलोसँगै फेरि नेपाल आउन इच्छुक रहेको समेत बताईन् ।
कार्यक्रमका बीच एलिसियाले पाउलो डिबालाद्वारा हस्ताक्षरित उनको वर्तमान क्लब युभेन्टसको जर्सी समेत स्वस्तीश्री स्कुललाई मायाको चिनो स्वरुप हस्तान्तरण गरेकी थिईन् । सो अवसरमा स्वस्तीश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकार, नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा कप्तान अनिल गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै