काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघहरुको चुनाव तत्कालका लागि स्थगित गरेको छ ।
यहि फागुन १० गते मंगलबार बसेको एन्फाको १७औं कार्यसमितिको बैठकले प्राविधिक कारण जनाउँदै अर्को सूचना जारी नहुँदासम्मका लागि जिल्ला फुटबल संघहरुको चुनाव स्थगित गरिएको जनाएको छ । स्मरण रहोस, यसअघि एन्फाको बैठकले आफू मातहतका जिल्ला फुटबल संघहरुको चुनाव यहि फागुन १५ देखि ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।
त्यस्तै एन्फाको विशेष साधारणसभाको मिति पनि अनिश्चित बनेको छ । एन्फाको निर्वाचन निर्देशिका मस्यौदा फिफा र एएफसीबाट अनुमोदन भए पश्चात लागु गर्न आवश्यक छलफल भईरहेको र केही बुँदाहरुमा संशोधन तथा निर्देशन प्राप्त भएकोले उक्त मस्यौदामा थप संशोधन र छलफल गरी अन्तिम पूर्ण मस्यौदा प्राप्त भए पश्चात आपतकालिन बैठक बसी पारीत गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।
त्यसैगरी एन्फाको निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा र एएफसीबाट अनुमोदन भए पश्चात आपतकालिन बैठक बसी एन्फाको विशेष साधारणसभा बैठकको मिति तय गरिने पनि एन्फाको बैठकले निर्णय गरेको छ ।
हेर्नुहोस पत्र ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान