काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्दले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण पनि नखेल्ने भएका छन् ।
हाल इण्डोनेसियन सुपर लिगमा पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका चन्दको क्लबसँगको सम्झौता सकिएको छैन । सम्झौता नसकिएकाले रोहित सुपर लिगका लागि उपलब्ध नहुने उनका दाजु तथा म्यानेजर रबिन्द्र चन्दले बताए ।
रबिन्द्रका अनुसार रोहित अहिले जकार्तासँगैको सम्झौतामा रहेकाले उनको नाम एनएसएलको मार्की प्लेयरमा राख्दा त्यसले उनको व्यवसायीक करियरमा नकरात्मक प्रभाव पार्ने पनि बताए ।
स्मरण रहोस, नेपाल सुपर लिगको आयोजकले हालै निकालेको मार्की प्लेयरको प्रारम्भिक सूचीमा रोहितको नाम पनि सामेल गरेको थियो । यद्यपि अहिले उनी एनएसलका लागि उपलब्ध नहुने निश्चित भएको छ ।
नेपाल सुपर लिगको दोस्रो संस्करण अर्को महिनाको अन्तिमतिरदेखि शुरु हुने कार्यक्रम छ । साथै यस बर्षदेखि लिगमा थप तीन टोलीहरु थपेर कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्ने पनि आयोजकले घोषणा गरिसकेको छ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट