News
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह चरणको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली शनिबार लाओसतर्फ प्रस्थान गरेको छ ।
छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले यही चैत्र १७ गते (३१ मार्च) का दिन लाओससँग उसकै घरेलु मैदानमा खेल्ने कार्यक्रम छ । स्मरण रहोस, गत वर्षको जुन १० तारीखका दिन भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग २–१ को हार बेहोरेको थियो ।
समूह एफमा ५ खेलबाट १५ अंक जोडेको भियतनाम शिर्ष स्थानमा छ र एसियन कपका लागि छनौट भईसकेको छ । त्यस्तै ९ अंक जोडेको मलेसिया र समान ३–३ अंक जोडेको लाओस र नेपाल भने समूह चरणबाटै बाहिरिसकेका छन् ।
त्यसैगरी ३१ मार्च कै दिन भियतनामले मलेसियासँग अन्तिम खेल खेल्दैछ । जुन खेल भियतनाम कै घरेलु मैदानमा हुँदैछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”