सैनामैना । श्री ब्रह्मा युवा क्लब, सैनामैना–१, रुपन्देहीको आयोजनामा शनिबारदेखि प्रथम ब्रह्मा कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
सैनामैना–१, ब्रम्हा डाँडा स्थित स्थानीय खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जसमा बुद्धभुमी एफसी र श्री ठुलीचौर एफसीले जित हात पारे ।
पहिलो खेलमा बुद्धभुमीले शान्ति एफसीलाई २–१ ले हरायो । खेलमा बुद्धभुमीका मिलन केसी म्यान अफ द म्याच चुनिए ।
त्यस्तै दोस्रो खेलमा श्री ठुलीचौर एफसीले आयोजक ब्रह्मा युवा क्लब (बी) लाई १–० ले पराजित गर्यो । खेलमा ठुलीचौरका गोलरक्षक अमर थारु म्यान अफ द म्याच बने ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी सैनामैना–१ का वार्ड सदस्य प्रेम भुसाल, कार्यक्रमका सभा अध्यक्ष हेम बहादुर गाहा, सैनामैना खानेपानीका अध्यक्ष एक बहादुर क्षेत्री, ब्रम्हा डाँडा टोल विकास संस्थाकी अध्यक्ष मुना केसी पुन लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो साउन २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक दिनेश श्रेष्ठले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन
- चित्लाङ प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने