News वार्ड नम्बर ६ लाई तिलोत्तमा मेयर कपको उपाधि
सुरज राना मगर

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न प्रथम तिलोत्तमा नगरपालिका वार्डस्तरीय मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ६ ले जितेको छ ।

तिलोत्तमा–६ कुञ्जलापुर स्थि तझरना स्पोर्टस क्लबको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ लाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

त्यसअघि प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । जसमा वार्ड नम्बर ६ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिा कै सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर ६ का अजय थापा घोषित भए । विजेता बनेको वार्ड नम्बर ६ ले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ४ ले ५० हजारमा चित्त बुझायो ।

नगर खेलकुद विकास समिति, तिलोत्तमाको आयोजना तथा झरना स्पोर्टस क्लबको संयोजन र व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा तिलोत्तमा नगर भित्रका कुल १७ वार्डस्तरका टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments