News
१२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा
१२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोल्डेन स्टार भलुवा विजयी भएको छ। सोमबार सम्पन्न खेलमा आयोजक रारा एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै गोल्डेन स्टारले सेमिफाइनलको यात्रा तय गरेको हो।
गोल्डेन स्टारको जितमा उमेश कार्की, हेमन लिम्बु, निवास फुयाल र अविषेक गुरुङले एक-एक गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेलभरमै उत्कृष्ट प्रदर्शन गरेका हेमन लिम्बु 'प्लेयर अफ द म्याच' घोषित भए।

आयोजक रारा एफसी सुरुदेखि नै दबाबमा देखिएको खेलमा गोल्डेन स्टारले पहिलो हाफमै दुई गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
प्रतियोगिताअन्तर्गत भोलिको खेलमा डाडाबजार फुटबल क्लब र LX City FC एकआपसमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको बिजेताले ७ लाख प्राप्त गर्नेछ भने उपबिजेताले ३ लाख प्राप्त गर्नेछ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा