रायोटार । अरुण गाउँपालिका वडा नम्बर - ६ जरायोटार भोजपुर स्थित पाल्पाले खेलमैदानमा जरायोटार खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम आमन्त्रित जरायोटार (माङिदिङग्) कप नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार एक प्रि क्वाटरफाइनल र एक क्वार्टर फाइनल गरी दुई खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको अन्तिम प्री क्वार्टरफाइनल तथा बिहिबारको पहिलो खेल जाल्पादेवी पाख्रीबास नगरपालिका धनकुटा र श्रीनाथगढ भोजपुर बीच हुने निश्चित भएको थियो तर श्रीनाथगढ भोजपुर निर्धारित समयमा मैदानमा उपस्थित हुन नसक्दा जाल्पादेवी पाख्रीबास वाकओभरको आधारमा सोझै क्वार्टर फाइनल प्रवेश गर्न सफल भयो।
त्यसैगरी तेस्रो क्वार्टरफाइनल तालतलैया फुटबल क्लब इटहरी र पौवादुङ्मा भोजपुर बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा तालतलैया फुटबल क्लबले पौवादुङ्मा भोजपुरलाई एक शुन्यको साँगुरो नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ। तालतलैयाको जितमा सिजल राईले एकमात्र निर्णय गोल गरेका थिए। निर्णायक गोल गरेका सिजल राई उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.२००० रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल जाल्पादेवी पाख्रीबास नगरपालिका धनकुटा र आयोजक पाल्पाले युनाइटेड शुक्रबार बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् भने, दिनको ठिक २ बजे फाइनल प्रवेशका लागि सञ्जीवनी फुटबल क्लब धनकुटा र तालतलैया फुटबल क्लब इटहरी सुनसरी प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा