News तेह्रथुमः होडा माघे मेलाको पुरूषतर्फ लुङछाता र जस्ट फ फन तथा महिलातर्फ आयोजक ए र बी फाइनलमा
गोलनेपाल

छातेढुङ्गा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा जारी माघे मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि लुङछाता एफ सी छातेढुङ्गा र जस्ट फ फन एफसी सक्रान्ति बजार भिड्ने भएका छन ।

त्यस्तै खुल्ला महिला तर्फ आयोजक होडा नागेश्वरी युथ क्लब ए र बी ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार सम्पन्न खुल्ला पुरूष तर्फको पहिलो सेमिफाइनल खाम्लालुङलाई पेनाल्टि सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै लुङछाताले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा जस्ट फ फन एफ सी सक्रान्ति बजारले सिताराम युवा क्लब टुडिखेललाई ४-२ गोलले पराजित गर्दै लुङछातासंगको उपाधि भिडन्त पक्का गरेको हो ।

त्यसैगरी महिला तर्फको सेमिफाइनलमा खेलकुद विकास समिति इवालाई पेनाल्टि सुट आउटमा ४-३ गोलले पराजित गर्दै आयोजक बि फाइनलमा पुगेको हो ।

जम्मा तीन टिम रहेको महिला फुटबल प्रतियोगितामा आयोजक ए बाइमा परेर फाइनल पुगेको थियो ।

पुरूष तथा महिला तर्फका दुबै फाइनल शुक्रबार हुनेछन ।

माघ १६ गते सम्म सन्चालन हुने खुल्ला पुरूष तर्फको विजेताले नगद एक लाख सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ६० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

Post Comments