बसही । सरावल गाउँपालिका वडा न. एक बसही रङ्गशाला नवलपरासीमा श्री बसन्त युथ क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण आठौ बसन्त कप अन्तर्गत मङ्गलबार आयोजक श्री बसन्त युथ क्लब बसही र श्री नव युवा क्लब वर्दघाट सूर्यनगर प्रतिस्पर्धा गरेका छन्।
उक्त खेलमा १-० को साँघुरो जित हात पार्दै आयोजक क्वाटरफाइनलमा प्रवेश गरेको छ। आयोजकलाई जित दिलाउनका लागि खेलको १९ औं मिनेटमा अङ्कित रस्कोटीले गोल गरेका हुन। उक्त खेलमा प्रभावशाली प्रदर्शन गरेका आयोजकका अनुप थापा म्यान अफ द म्याच बन्न सफल भएका छन्। साथै उनले नगद रु १००० र ट्रफी पनि प्राप्त गरेका छन्।
बुधबार नेपाल प्रहरी सुनवल कीर्तिपुर र राइजिङ स्टार फुटबल क्लब भुमही नवलपरासी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताको मुख्य प्रायोजक सरावल गाउँपालिका वडा न.एक रहेको छ भने, दोस्रो पुरस्कार प्रायोजक सरावल उद्योग वाणिज्य संघका बरिस्ट उपाध्यक्ष तथा युवा समाजसेवी बिरेन्द्र यादब रहनुभएको छ।