News पापो समाजलाई श्रीजङ राय स्मृति फुटबलको उपाधि
रमेश समदर्शी

ह्वाकु (तेह्रथुम) । श्रीजङ राय पापो समाज यहाँ जारी श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मौलाडाँडा खेलमैदानमा आज भएको छैटौ संस्करणको फाइनल खेलमा लामा गुरुङ एकता समाजलाई २-० गोलअन्तरले पराजित गर्दै पापो समाज च्याम्पियन बनेको हो ।

पापो समाजका दिपेश लिम्बूले खेलको २७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा सन्तु फोम्बोले ५६औँ मिनेटमा गोल गर्दै पापो समाजको अग्रता दोब्बर बनाएको हुन् ।

खेलको प्लेयर अफ दी म्याच पापो समाजका सन्तु फोम्बो भए । उनले नगद दुई हजार पाए । प्रतियोगिताको बेस्ट गोलकिपर पापो समाजका विपिन फोम्बो हुँदा बेस्ट डिफेन्डर दिप्सन लिम्बू भए ।

सर्वाधिक गोलकर्ता लामा समाजका सागर श्रेष्ठ भए । उनीहरुले जनही ३-३ हजार नगदसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लामा समाजका सन्तोष खजुम भए । उनले नगद ५ हजारसहित ट्रफी पाए ।

Post Comments