News
पूर्वी नवलपरासीमा प्रथम रजहर भेट्रान्स कप हुने
रजहर । जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के), रजहर, पूर्वी नवलपरासीको आयोजनामा यही कार्तिक ७ गतेदेखि प्रथम रजहर भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
देवचुली माविको खेलमैदानमा भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिता संचालन गर्न लागिएको जानकारी गराइएको हो । प्रतियोगितामा हरियाली युवा क्लब सह-आयोजक तथा लायन्स क्लब अफ रजहर सिटी र रजहर जेसीज सहयोगी संस्थाका रूपमा रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछ। त्यसैगरी प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई टोलीलाई १०/१० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
Post Comments
Related News