बुढीगंगा । गछिया युवा समाज, मोरङ यहाँ जारी दोस्रो हात्तीमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो सेमिफाइनलतर्फ गछियाले बेलडाँगी फुटबल क्लब, मोरङलाई १–० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । गछियाको जितमा युगन राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
खेलमा गछिया युवा समाज कै सुरज चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुष २ गते बुधबारको दोस्रो सेमिफाइनल खेल हात्तीमुढा स्र्पोटिङ एकेडेमी, मोरङ र फाईभ स्टार फुटबल क्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।