सतिसाले । दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पानवारि फुटबल क्लब धरानलाइ पेनाल्टी सुट आउटमा ५:४ ले हराउदै इन्ट्रा पथरि ११ सेमिफाइनल प्रबेस गरेको छ ।
केराबारि ६ स्थिति सतिसाले स्पोर्टिङ क्लबको खेल मैदानमा आज भएको खेलमा दुबै टोलिले निर्धारिक समय भने १:१ को बराबरि खेलेका थिए । खेलको सुरुवाती गोल इन्ट्रा पथरीले सन्जय लिम्बूको गोल माफत लिएको थियोे ।
जुन दोस्रो हाफमा पानवारिले पाएको पेनाल्टीमा दोर्जे तामाङले गोल गरेर बराबर को स्थितिमा ल्याएका थिए । खेल भरि राम्रो पकट बनाएपनि पानवारिले थप गोल भने गर्नु सकेन । पथरीले स्थानीय खेलाडी लिएर मैदान उत्रिए को थियो भने पानवारिले बिदेशी खेलाडी समेत उत्रिए पनि राम्रो चान्स पाउदा पनि गोल गर्नु सकेन ।
खेलको प्लेयर अफ द म्याच गोलरक्षक समिर क्षेत्री घोषित भए । प्रतियोगिता अन्तर्गत पुष २ गते बुधबारको खेल बेतना फुटबल क्लब, बेलबारि र न्यू स्टार क्लब, बराहक्षेत्र को बिच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल पुष ८ गतेका दिन हुनेछ ।