News ४४औं जनचेतना रनिङ शिल्डः प्रोग्रेसिभ सेमिफाइनलमा
गोलनेपाल

घोघिदाहा भवानीपुर । प्रोग्रेसिभ युथ क्लब, सप्तरी यहाँ जारी ४४औं जनचेतना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जनचेतना माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा प्रोग्रेसिभले बिवाइसी, बर्दिवासलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

प्रोग्रेसिभको जितमा शिशिर लेखी, अक्षय चौधरी र करन चौधरीले गोल गरे । उता बिवाईसीका लागि भने दुवै गोल विज्ञान खड्काले गरेका थिए । खेलमा प्रोग्रेसिभका शिशिर लेखी म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत कार्तिक १० गते कुनै खेल नरहेको आयोजकले जानकारी दियो । त्यस्तै कार्तिक ११ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल झुम्का फुटबल क्लब, झुम्का, सुनसरी र गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहाबीच हुनेछ ।

महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १६ गतेका दिन हुनेछ ।

Post Comments