News ताप्लेजुङमा जारी मेरिङदेन कपः साथीभाई र जिरिखिम्ति अन्तिम चारमा प्रवेश
गोलनेपाल

खाम्लुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबलको तेस्रो दिन क्वाटरफाइनलका दुइ खेल सम्पन्न भएका छन ।

पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा आइतबार सम्पन्न पहिलो खेलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साथिभाइ सामाजिक युवा क्लब फुङलिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।  खेलको प्लेर अफ दि म्याच साथिभाइका गोल रक्षक रोशन नेपाल घोषित भए ।

त्यस्तै आइतबार नै सम्पन्न दोस्रो खेल अर्थात क्वाटर फाइनलको तेस्रो खेलमा जिरिखिम्ति युथ क्लब तेह्रथुमले मेरिङदेन युवा क्लब ताप्लेजुङलाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जिरिखिम्तिको जितका लागि मिसाहाङ लिम्बु र प्रकास लिम्बुले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच मिसाहाङ लिम्बु घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले एक एक हजार प्राप्त गरे ।

प्रतियोगिताको चौथो दिन क्वाटर फाइनलको अन्तिम खेल हुने खेल तालिका रहेको छ । जसमा दिनको २ः३० बजे नवज्योति युवा क्लब मेरिङदेन ताप्लेजुङ र गणेशचोक टिम पॅाचथर भिडनेछन ।

Post Comments