News
तेहथुममा ऐतिहासिक छातेढुङ्गा दिपावली मेला सुरु
आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता , महेन्द्र कन्दङवा स्मृति रनिङ कप महिला फुटबल प्रतियोगिता साथै पालिका स्तरिय पुरुष भलिबल , खुल्ला महिला भलिबल , ब्याडमिन्टन डबल ,चेस (रेटिङ टुर्नामेन्ट ) र धान नाच कार्यक्रम आदि दिपावली मेलाखेलकुद प्रतियोगिता सञ्चालन समितिको आयोजनामा एक मैत्रीपुर्ण फुटबल खेलसहित आइतबार भब्य रूपमा सुरू भएको छ।
प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल भने सोमबारबाट सन्चालन हुने भएका छन। खेल तालिका पनि सोमबार बिहान निस्कासन गरिने छ।
खुल्ला पुरुष फुटबल तर्फको बिजेताले नगद रु. एक लाख पचहत्तर हजार सहित तिन बर्षे रनिङ कप साथै उपबिजेताले नगद रु.एक लाख पच्चिस हजार सहित तिन बर्षे रनिङ कप प्राप्त गर्नेछन। उक्त प्रतियोगिताको समापन भने कार्तिक पन्ध्र गते हुनेछ।
Post Comments
Related News