News दिपकको निर्णायक गोलसँगै टेन नवोदय सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । सिनियर खेलाडी दिपक राईले निर्णायक गोल गरेपछि टेन नवोदय फुटबल क्लब जारी पाँचौं रिफ्युजी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानी शरणार्थी शिविरको रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा टेन नवोदयले शुरुवात मै बनाएको अग्रता निर्णायक नतिजा बन्यो । खेलको आठौं मिनटमा दिपक राईले फ्रिकिबाट गरेको एक मात्र गोल टेन नवोदयलाई सेमिफाइनलमा पुर्याउन प्रर्याप्त बन्यो ।

निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ द म्याच घोषित भए । युथ फ्रेण्डली सेन्टर र बिआरसी भुटानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments