दुहबी । रोमाञ्चक जितका साथ नेताचोक टाईगर क्लब, ग्रामथान, मोरङ जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफायनलतर्फ नेताचोकले गछिया फुटबल क्लब, मोरङमाथि २–१ को रोमाञ्चक जित हात पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नेताचोकका लागि हरि खवास र अन्जेश भगतले गोल गरे । उता पराजित गछियाका लागि भने रोशन राईले गोल फर्काएका थिए ।
खेलमा नेताचोकका हरि खवास म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत असार २८ गतेको अन्तिम क्वाटरफाइनल मधेशा युवा क्लब, सुनसरी र हरैचा स्पोर्टस क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।