News न्यू स्टारलाई दोस्रो हल्दिबारी गाउँपालिका मिनि कपको उपाधि
गोलनेपाल

जलथल (झापा) । यहॉ सम्पन्न दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि बिर्तामोडको न्यू स्टार फुटबल क्लबले हात पारेको छ ।

शान्ति सामुदायिक वनको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भाउन्ने युथ क्लब मोरङलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि चुमेको हो ।

खेलको निर्धारित समयमा दुइ दुइको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।भाउन्नेका लागि दुबै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका लागि सौरब सुब्बा र करन लिम्बुले एक एक गोल गरे ।

उपाधिसंगै नुयू स्टारले १ लाख १ हजार १११ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता भाउन्नेले ५१ हजार सहित ट्रफिमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच न्यू स्टारका पेमा तामाङ घोषित हुँदै नगद दुइ हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी न्यू स्टारका निमा तामाङ घोषित भए । उनले पॉच हजार सहित ट्रफि प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकमा न्यू स्टारका बिबेक मगर,वेष्ट डिफेन्नडरमा न्यू स्टारका देबेन्द्र तामाङ,वेष्ट मिड फिलडरमा न्यू स्टारकै बादल तामाङ,वेष्ट फर्वाड भाउन्नेका आयुस राई ,हाइ स्कोरर भाउन्नेका उमेश राई रवेष्ट कोचमा न्यू स्टारका अन्गु सुब्बा घोषित भए । प्रत्येक उत्कृष्टले नगद पॉच पॉच हजार प्राप्त गरे ।

Post Comments