International मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सह–आयोजक राष्ट्र मेक्सिको जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

समूह ए मा रहेको मेक्सिकोले लगातार दोस्रो जितका साथ एक खेल अगावै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।

शुक्रबार बिहान मेक्सिकोले आफ्नो दोस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा दक्षिण कोरियालाई १–० ले पराजित गर्यो । खेलको ५०औं मिनटमा लुइस रोमोले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको मेक्सिको शिर्ष स्थानमा छ । पराजित दक्षिण कोरिया ३ अंकका साथ दोस्रो स्थानमा छ । समान १–१ अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिका क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै समूह ए बाट बाँकी तीनै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना खुला छ ।

समूह चरणको अन्तिम खेलहरुमा अब जुन २४ तारीखका दिन मेक्सिकोले चेक रिपब्लिकसँग खेल्नेछ भने दक्षिण कोरियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

Post Comments