
काठमाडौं । इङलिस क्लब लेस्टर सिटी फुटबल क्लबका स्टार खेलाडी हम्जा चौधरीले बंगलादेशका लागि खेल्ने पक्का भएको छ । फिफाको सम्वद्ध निकायबाट आवश्यक प्रक्रिया पूरा भएसँगै २७ वर्षिय हम्जाले बंगलादेशबाट खेल्ने पक्का भएको हो ।
बंगलादेश फुटबल फेडरेशनले पनि बिहीबार आधिकारिक रुपमा यो कुराको पुष्टी गरेको छ । स्मरण रहोस, हम्जाले गत अगस्तमा बंगलादेशी पासपोर्ट हासिल गरेका थिए । त्यतिबेला नै उनले बंगलादेशका लागि खेल्ने चर्चा पनि थियो । तर, विविध प्रक्रिया पूरा नहुँदा उनले बंगलादेशका लागि खेल्न पाएका थिएनन् ।
गत सेप्टेम्बर मै इङल्याण्ड एफएबाट नो अब्जेक्स सर्टिफिकेट पनि हात पारिसकेका फिफासँगको विविध प्रक्रिया पूरा गर्न बाँकी थियो । जुन प्रक्रिया पनि आधिकारिक रुपमा पूरा भएको छ ।
इङल्याण्डको यु–२१ टोलीबाट खेलिसकेका हम्जाले कुनै समय इङल्याण्ड कै सिनियर टोलीबाट खेल्ने इच्छा पनि देखाएका थिए । यद्यपि अन्ततःउनले आफ्नो मावली देश बंगलादेशबाट खेल्ने निर्णय गरेका छन् । सन् २०१५ देखि निरन्तर लेस्टर सिटीका लागि खेल्दै आएका हम्जालाई अब दक्षिण एसियाली फुटबलमा पनि प्रत्यक्ष देख्न पाइनेछ ।
योसँगै हम्जाले अर्को वर्ष अर्थात् सन् २०२५ मा हुने एएफसी एसियन कपको तेस्रो चरणको छनौटका लागि बंगलादेशबाट खेल्ने निश्चित भएको छ । छनौट प्रतियोगिता अन्तर्गत समूह सी मा रहेको बंगलादेशले भारत, सिंगापुर र हङकङसँग खेल्ने कार्यक्रम छ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने