News गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
उमेश पुन

पोखरा । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा हुन गईरहेको गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा यही असार १५ गते आइतबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको पहिलो दिन तीन खेलहरु हुने छन् । पहिलो खेलमा बिहान ९ः३० बजे लालीगुराँस एसोसिएसन, कास्की र हरमटारी क्लब, गोरखा भिड्ने छन् ।

त्यस्तै १२ः३० बजे हुने दोस्रो खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस क्लब, बागलुङ्ग र स्याङ्जा युथ क्लब, स्याङ्जा भिड्ने छन् । त्यस्तै ३ः३० बजे हुने तेस्रो खेलमा हैरान्स क्लब, तनहुँ र हिलेबजार युवा क्लब, लमजुङ भिड्ने छन् ।

प्रतियोगितामा सहभागि गण्डकी प्रदेश जिल्लाका कुल ७ लिग च्याम्पियनहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह शिर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल असार १९ गतेका दिन पोखरा रंगशाला मै हुनेछ ।

हेर्नुहोस खेलतालिकाः

Post Comments