काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नै निरनतरता दिएको छ । एन्फाका महासचिव किरन राईले बिहीबार एक कार्यक्रमका बीच तामाङलाई मुख्य प्रशिक्षकको नियुक्तिपत्र हस्तान्तरण गरे ।
त्यस्तै सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा सुरज कुमार लामा नियुक्त भएका छन् । टोलीको व्यवस्थापकमा भने बृन्दा देवानलाई नियुक्त गरिएको छ । त्यसैगरी टिमको फिजियोथेरापिस्टमा लक्ष्मी भटट्टराई नियुक्त गरिएको छ । नियुक्त भएका सबैलाई सोही अवसरमा एन्फा महासचिव किरन राईले नियुक्तपत्र हस्तानतरण गरे ।
स्मरण रहोस, एएफसी महिला एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसअघि बलियो थाइल्याण्डसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । जुन खेल आउँदो जेठ १६ र १९ गतेका दिन बैंकक मै हुनेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा