बुटवल । बिदेशी खेलाडी जोना ग्लोरीले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब फराकिलो जितका साथ जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा भरतपुरले पाल्पा–११ लाई ७–० को फराकिलो अन्तरले हरायो । पाल्पाले पहिलो हाफसम्म भरतपुरलाई गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफमा भने लगातार सात गोल खान पुगेको थियो ।
भरतपुरका लागि ग्लोरीले खेलको ४५, ४६ र ७४औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै अर्का विदेशी खेलाडी फोडे फोफोनाले ५७ र ५८औं मिनटमा गरि दुई गोल थपे । त्यसबाहेक ७५औं मिनटमा यादु सिलवालल र इन्जुरी समयमा रुमेश बर्तौलाले गोल गर्दै भरतपुरको शानदार जित सुनिश्चित गरे ।

आइतबारको खेलको म्यान अफ द म्याच भरतपुर कै ह्याट्रिककर्ता जोना ग्लोरी घोषित भए । उनले पुरस्कार वापत नगद १५०० प्राप्त गरे । प्रतियोगिता अन्तरगत पुष २० गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल फुलबारी गाईज, बुटवल र विश्व शान्ती युवा क्लब, सालझण्डीबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने