News
पत्थरडाँडाको जितमा निरको ह्याट्रिक
बुटवल । पत्थरडाँडा फुटबल क्लब, भलवारी जारी प्रथम चरङ्गे कप सेभेन ए साईट नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा पत्थरडाँडाले शिवनगर युवा क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा पत्थरडाँडाका लागि निर थापाले ह्याट्रिक गरे । त्यस्तै थप दुई गोल अनिल क्षेत्रीको नाममा रह्यो । खेलको म्यान अफ द म्याच पत्थरडाँडा कै ह्याट्रिककर्ता निर थापा घोषित भए ।
प्रतियोगिता अन्तरगत पुष २० गते सोमबारको खेल त्रिशुली एफसी र उज्वल एफसीबीच हुने खेल संयोजक गणेश परियारले जानकारी दिए । चरङ्गे फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ
भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने