News
प्रथम ड्रिमर्स फुटसल कप हुँदै, विजेताले २ लाख पाउने

ललितपुर । ड्रिमर्स फुटसल, ललितपुरको आयोजनामा आउँदो फागुन १६ गते प्रथम ड्रिमर्स फुटसल कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
आयोजक कै फुटसल मैदानमा हुने प्रतियोगिताको फागुन १३ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9806651637, 9814928707 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments