News थ्रीस्टार र एपिएफको सहज जित
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार थ्रीस्टार फुटबल क्लब र एपिएफ फुटबल क्लबले सहज जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई ५–१ ले हरायो । यो जितपछि ६ खेलबाट १६ अंक जोडेको थ्रीस्टार लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित खुमलटार भने अंकविहीन रुपमा दशौं स्थानमा छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबमाथि १३–० को एकतर्फी र फराकिलो जित निकाल्यो । यो जितपछि १७ खेलबाट १७ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । पराजित आर्मी भने अंकविहीन रुपमा पुछारमा छ ।

Post Comments