News टि.डब्लु.वाई.सी. भेट्रान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । टि.डब्लु.वाई.सी. भेट्रान, बिराटनगर जारी पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलतर्फ टि.डब्लु.वाई.सी. भेट्रानले दमक लखनपुर भेट्रान क्लब, झापालाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

टि.डब्लु.वाई.सी. का लागि खेलको २४औं मिनटमा गणेश लावतीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने टि.डब्लु.वाई.सी. कै राजन मगर घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते बुधबारको पहिलो सेमिफाइनल खेल पूर्वेली भेट्रान क्लब, बिर्तामोडा, झापा र हाम्रो राजारानी भेट्रान क्लब, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १२ गतेका दिन हुनेछ ।

 

Post Comments