News महिला लिगमा एपिएफको लगातार सातौं जित
गोलनेपाल

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा शतप्रतिशत जितका साथ अपराजित रहेको साविक विजेता एपिएफ फुटबल क्लबले सोमबार लगातार सातौं जित दर्ता गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र अनिता केसीले गोल गरिन् ।

यो जितपछि ७ खेलबाट २१ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । पराजित पुलिस भने ८ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । १६ अंकका साथ आर्मी दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको बागमती युवा क्लब चौथो स्थानमा छ । अंकविहीन वालिङ नगरपालिका भने पुछारमा रहेको छ ।

Post Comments