News पौवादुङमा गोल्डकपः तिवारीभञ्ज्याङ फाइनलमा, उपाधिका लागि राजगढसँग भिड्ने
गोलनेपाल

च्याङग्रे । तिवारीभञ्ज्याङ फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा तिवारीभञ्ज्याङले घरेलु टोली पौवादुङ खेलकुद विकास समिति (बी) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पौवादुङमा रंगशालामा भएको खेलमा तिवारीभञ्ज्याङका लागि ग्लोरीले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच भने तिवारीभञ्ज्याङ कै सौर्य राउत घोषित भए ।

तिवारीभञ्ज्याङले अब माघ ९ गते बुधबार हुने फाइनलमा राजगढ फुटबल क्लबसँग उपाधिका लागि भिड्न आयाजकले जानकारी दियो ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

Post Comments