
तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको तेस्रो दिन दुइ क्वाटरफाइनल सहित ४ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा लुङ्भित्ता चुहानडॉडा समयमा उपस्थिति नभएकाले क्रेजि टाइम आठराईले नेटबल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा आठराई गाउँपालिका वाड नं -२ खाम्लालुङले पेनाल्टि सुटआउटमा चुहानडॉडालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेल तथा क्वाटरफाइनलको पहिलो खेलमा होडा नागेश्वरीलाई पेनाटि सुट आउटमा हराउँदै योङ् ब्वाइज झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम खेल तथा दोस्रो क्वाटरफाइनलमा आठराई गाउँपालिका वाड नं -७ थोक्लुङ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै आयोजक ए सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको चौथो दिन शुक्रबार क्वाटर फाइनलका अन्तिम दुइ खेल हुने आयोजकले जनाएको छ । तेस्रो क्वाटरफाइनमा सरस्वती मा वि ह्वाकु र क्रेजी टाइम आठराई र अन्तिम क्वाटरफाइनमा लिसिबुङ एफ सि र आठराई गाउँपालिका वाड नं -६ चुहानडॉडा बिच हुनेछ ।
इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालनमा रहनेछ । १४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।
- पूरुषतर्फ ह्वाकु र महिलातर्फ छातेढुंगा च्याप्पियन
- उपाधिका लागि पूरुषतर्फ आयोजक ‘ए’ र ह्वाकु, महिलातर्फ आयोजक र छातेढुंगा बिच प्रतिस्पर्धा हुने
- फागुपूर्णे मेलाको अवसरमा आठराईमा आयोजित फुटवल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न
- फागुपूर्णे मेलाको अवसरमा आठराईमा आयोजित फुटवल प्रतियोगितामा छातेढुंगाको विजयी सुरुवात
- तेह्रथुमको आठराई फुङसिङमा वडा स्तरीय पुरूष तथा महिला फुटबल हुने