News फर्साटिकरद्वारा गोलनेपालकर्मी सुरज राना मगर सम्मानित
गोलनेपाल

फर्साटिकर । फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरले १२औं फर्साटिकर कपको अवसर पारी गोलनेपालका सम्पादक तथा फोटोग्राफर सुरज राना मगरलाई सम्मानित गरेको छ ।

रुपन्देहीको फुटबलमा करिब दुई दशकदेखि निरन्तर सक्रिय रहेका फर्साटिकरले शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कपको फाइनलका दिन राना मगरलाई नगदसहित सम्मानित गरेको हो । समापन कार्यक्रमका प्रमुख अतिथी बिष्णु प्रसाद बस्यालले उनलाई दोसल्ला ओढाई कदरपत्र र नगदसहित सम्मानित गरेको हो ।

सो अवसरमा फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), खेल संयोजक अकरम अली, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, फर्साटिकर युवा क्लबका संस्थापक संरक्षक चक्र बहादुर कुँवर लगायतले पनि सम्मानित भएका सुरज राना मगरलाई बधाई र शुभेच्छा दिएका थिए ।

क्लबले दिएको सम्मान र शुभेच्छाप्रति आभार प्रकट गर्दै सम्मानित भएका गोलनेपालकर्मी सुरज राना मगरले फर्साटकर युवा क्लब परिवार लगायत सबैमा धन्यवाद र आभार प्रकट गरे ।

स्मरण रहोस, बुधबार सम्पन्न १२औं फर्साटिकर कपको फाइनलमा आयोजक फर्साटिकर युवा क्लबले अभिषेक चर्च, रजहर, नवलपुरलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको थियो ।

Post Comments