News प्रथम जेनिथ कपमा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने
गोलनेपाल

सुनवल। प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ।

पश्चिम नवलपरासीको सुनवल किर्तिपुरमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधीको लागि आयोजक जेनिथ युथ क्लब (निलो) र वाई नं ३  सुनवल बिच प्रतिस्पर्धा हुने भएको छ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। सुनवल ३ ले सम्झना एफसीलाई पराजित गरे संगै उपाधिका लागी जेनिथ निलो संग भेट पक्का पक्का गरेको हो। खेलमा सुनवल ३ का धर्मेन्द्र चौधरीले निर्णायक प्रदर्शन गर्दै दुई गोल गरे।यद्यपि सम्झना एफसीले पनि उत्कृष्ट प्रयास गर्दै १ गोल फर्काए, तर त्यो जितका लागि पर्याप्त भएन।

आजको खेलमा धर्मेन्द्र चौधरी”म्यान अफ द म्याच” घोषित भए। पहिलो सेमिफाइनल खेलमा जेनिथ निलोले उपाधिका लागि सुनवल ३ ले जेनिथ बिरुद्द माघ ३ गते खेल्ने छ। त्यस्तै विधागत तर्फ उत्कृष्ट गोल रक्षक र उत्कृष्ट गोलकर्तालाई समान ४ हजार र सर्वाकृष्ट खेलाडीलाई ५ हजार साथै दैनिक उत्कृष्ट(मेन अफ द म्याच)खेलाडीलाई १ हजार ५ सय पुरस्कार प्राप्त गर्ने छ।

जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।

Post Comments