News इन्ट्रा पथरी–११ लाई बैदे गोल्डकपको उपाधि
गोलनेपाल

चुलाचुली । प्रभावशाली जितका साथ यहाँ सम्पन्न प्रथम बैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ फुटबल क्लब, पथरी, मोरङले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा पथरीले साइनिङ्ग स्र्पोटिङ क्लब, धनकुटालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । पथरीको जितमा सुबास तामाङले दुई गोल गर्दा सौय राउत र मन्जिल खड्काले थप एक–एक गोल गरे ।

विजेता बनेको इन्ट्रा पथरी–११ ले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्यो भने उपविजेता साइनिङले ५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments