
ताप्लेजुङ, २४ कात्तिक – ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको ‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले आयोजक संस्था लाखे जात्रा सञ्चालन समितिले नयाँ कार्य समिति चयन गरेको छ।
देवराज गुरुङको नेतृत्वमा आयोजक संस्थाले अबको समयमा संचालन गर्ने योजना बनाउँदै गरेको ताप्लेजुङ गोल्डकपको सफलता सुनिश्चित गर्नका लागि सागर मादेनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो।
यस नयाँ कार्य समितिमा उपाध्यक्षका रूपमा अशोक थेबे र हर्कराज सुनुवार चयन भएका छन् भने सचिवको जिम्मेवारी टिकेन्द्र नेपालीलाई दिइएको छ। सहसचिवमा डिल्ली गुरुङ र कोषाध्यक्षको पदमा दावा शेर्पा चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा उत्सव साँवा, दिपेश खवास, जित थेवे, सन्तोष गुरुङ, जीवन इवाराम, पूर्ण गुरुङ, कमल लेछर्वो, गीता पालुङ्वा र लाक्पा शेर्पा समावेश भएका छन्।
ताप्लेजुङ गोल्डकप प्रतियोगिता लामो समयदेखि लाखेजात्राको अवसरमा आयोजना हुँदै आएको छ। २०७७ देखि २०७९ सम्मको समयावधिमा कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो। यद्यपि २०८० सालमा ११ दिनको तयारीमा ताप्लेजुङ गोल्डकपको नाममा प्रतियोगिता फेरि सुरु भएको थियो र यसमा देवराज गुरुङको नेतृत्व थियो। २०६४ सालदेखि भने यस प्रतियोगितालाई जिल्लास्तरीय विधिवत रूपमा दर्ता गरेर सञ्चालन गर्दै आएको छ।
ताप्लेजुङ गोल्डकपलाई राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्नका लागि आयोजक समिति नयाँ कार्यसमितिको नेतृत्वमा जुटेर तयारीमा लागेको छ। यस प्रतियोगिताले स्थानीय खेलकुदको स्तरलाई उचाईमा पुर्याउने विश्वास गरिएको छ।
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू