काठमाडौं । भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपालीलाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो ।
सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो । फाउन्डेसनकी अध्यक्ष युक्ति लामा श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई प्याड प्रदान गरेको लामाले जानकारी गराइन् । उनीहरुलाई महिला फुटबल टोलीका खेलाडीले प्याड प्रदान गरे ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा