
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा जारी क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
बिहिबार हुने पहिलो सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङ र सिसास खोक्लिङ भिड्नेछन भने दोस्रो सेम्फाइनलमा यातायात व्यवसायी ताप्लेजुङले थुकिमासंग प्रतिस्पर्धा गर्नेछ । बुधबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सि.सा.स. खोक्लिङले मानाभरा स्पोर्टिङ क्लब खेजिनिमलाई दुइ शुन्यले पराजित गर्दै सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङसंगको भेट पक्का गरेको हो । खेलको म्यान अफ दि म्याच खोक्लिङका मिसाक लिम्बु घोषित भए ।
त्यसैगरी बुधबार नै सम्पन्न अन्तिम क्वारफाइनलमा बि.सि.एस. सावदेनलाई पेनाल्टि सुट आउटमा तीनका विरूद्ध पॉच गोलले पराजित गर्दै थुकिमाले सेमिफाइनलमा यातायात व्यबसायी संघ संगको भेट निश्चित गरेको हो । खेलको म्यान अफ दि म्याच थुकिमाका गोल रक्षक राज लिम्बु घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले नगद तीन हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले तीन हजार प्राप्त गर्नेछन । खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका मणि कुमार थलङले बताउँनुभयो।
प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।
- ताप्लेजुङ गोल्डकप को तेस्रो संस्करणको तयारीमा नयाँ कार्य समिति चयन
- सॉवा ताप्लेजुङः क्लब स्तरीय फुटबलको उपाधि हिमाली तोक्मेगोलालाइ
- सॉवा ताप्लेजुङः उपाधिका लागि शुक्रबार हिमाली तोक्मेगोला र यातायात ताप्लेजुङ भिडने
- ताप्लेजुङ सॉवा-क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
- ताप्लेजुङ सॉवा: मंगलबार दुई खेल सम्पन्न, पापुङ र बिसिएस विजयी