दोभान । पाल्पामा जारी तेस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न तीन खेलहरुमा चरङे एफसी, एनवाईसी र मर्निङ एफसीले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा चरङेले मनोभाव एफसीमाथि ६–० को फराकिलो जित हात पार्यो । खेलमा चरङेका सन्देश दगामी मगर प्लेयर अफ द म्याच बने ।
त्यस्तै दिनको दोस्रो खेलमा एनवाईसीले सिमले ब्वाईजलाई ४–२ को अन्तरले पराजित गर्यो । खेलमा एनवाईसीका मयन्क मगर प्लेयर अफ द म्याच घोषित भए ।
त्यसैगरी तेस्रो खेलमा मर्निङ एफसीले आयोजक दोभान एफसी (बी) लाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा मर्निङका गंगा चौधरी प्लेयर अफ द म्याच बने ।
दोभान फुटबल क्लब, तिनाउ–२, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १८ गतेका दिन हुनेछ ।