News सिस्नेरी घट्नाको छानबिन समिति गठन गर्न मेची–महाकाली हस्ताक्षर अभियान शुरु
गोलनेपाल

बेलबारी । केही महिना अघि मकवानपुरको सिस्नेरी पहिरोमा परी एन्फा एकेडेमीका ६ खेलाडीहरुले ज्यान गुमाएपछि सो घाट्नाबारे छानबिन गर्न मेची–महाकाली हस्ताक्षर अभियान शुरु गरिएको छ ।

“हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन” भन्ने नाराका साथ शुरु गरिएको हस्ताक्षर अभियानमा थुप्रै स्थानीय, खेलाडी र खेलप्रेमीहरुको पनि सहभागिता रहेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा पदाधिकारीहरुको चरम लापरवाही कै कारण ती बाल खेलाडीहरुको सिस्नेरी पहिरोमा ज्यान गएको बताउँदै मोरङ जिल्लाका ए देखि सी डिभिजन खेलेका खेलाडीहरुले घट्नाबारे संसदीय छानबिन समिति गठन गरी निष्पक्ष छानबिन होस भनी हस्ताक्षर अभियान शुरु गरिएको उनीहरुको भनाई छ ।

साथै यो हस्ताक्षर अभियान देशव्यापी रुपमा सम्पन्न गर्ने योजनामा आफूहरु रहेको समेत उनीहरुले बताए ।

 

Post Comments