News आयोजक डिपिएस सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । आयोजक दिल्ली पब्लिक स्कुल, बिराटनगर जारी दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलतर्फ डिपिएसले गोदावरी सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कुललाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आयोजक स्कुल कै खेलमैदानमा भएको खेलमा डिपिएसका लागि दुवै गोल अमन खवासले गरे । यद्यपि खेलमा प्लेयर अफ दि म्याच भने पराजित गोदावरीका यजन राई घोषित भए ।

दिल्ली पब्लिक स्कुल, बिराटनगरको आयोजनामा जारी प्रतियोगितामा बिराटनगरका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही मंसिर २१ गतेका दिन हुनेछ ।

Post Comments