News बन्यु वेष्ट प्वाईन्टलाई प्रथम लायन्स कप छात्रा फुटबलको उपाधि
गोलनेपाल

बेनी । म्याग्दी जिल्लाको बेनीमा सम्पन्न प्रथम लायन्स कप विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाईन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

उपाधि जित्ने क्रममा न्यु वेष्ट प्वाईन्टले श्री बेनी सामुदायिक माध्यमिक विद्यालयलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरी टुंगिएपछि टाईब्रेकरमा न्यु वेष्ट प्वाईन्टले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्दै विजेता बन्यो ।

लायन्स क्लब अफ बेनी लभ्लीहिल, म्याग्दीको आयोजनामा मंसिर १३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० विद्यालयका छात्रा फुटबल टोलीहरु सहभागिता जनाएका थिए ।

लायन्स क्लब अफ बेनी लभ्लीहिल, म्याग्दीको आयोजनामा मंसिर १३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० विद्यालयका छात्रा फुटबल टोलीहरु सहभागिता जनाएका थिए । 

 

Post Comments